बुधबार, अशोज १७, २०८०

मधेश प्रदेश

आकस्मिक रुपमा विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री यादव


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ३०, २०८०
  • 113
    SHARES

जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि मंगलबार साँझ ५ बजे आकस्मिक रुपमा प्रेदशसभाको बैठक डाकिएको प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवले जानकारी दिनुभएको छ ।

गत पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा (एमाले) सहितका दलको समर्थनमा मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त हुनुभएको थियो ।

सरकारलाई समर्थन दिएका कुनै दलले समर्थन फिर्ता लिएमा ३० दिन भित्र पुन: विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत चैत २१ मा मधेश सरकारबाट एमाले बाहिरिएको थियो र जेठ १ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार भोलि बुधबारसम्म जसरी पनि सरकारले प्रदेशसभाबाट पुन: विश्वासको मत लिनु पर्ने हुन्छ । ३० दिन बित्दा अदालतमा सरकारविरुद्ध रिट परेर कानूनी अड्चन आउन सक्ने स्थिति थियो । त्यसैले मुख्यमन्त्री यादवले आकस्मिक रुपमा विश्वासको मत लिन लाग्नुभएको हो ।

यसअघि मंगलबार बिहान बसेको सत्ता गबन्धन दलको बैठकले विश्वासको मत लिनु पर्ने निर्णय गरेको थियो । प्रदेशसभा सचिवालयले प्रदेशसभा सदस्यहरुलाई मोबाइलमा एसएमएस पठाएर साँझ ५ बजे बैठक डाकिएको जानकारी गराएको छ ।

यही जेठ २६ गते बसेको प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो ।

प्रदेशसभामा एमालेका २३ , नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) का १८, जनमतका १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा (माओवादी केन्द्र) का ९ र नेकपा (एकीकृत समाजवादी) सात सदस्य छन् । त्यस्तै नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक र तीन जना स्वतन्त्र सदस्य रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ