मङ्लबार, अशोज १६, २०८०

सातै प्रदेशको बजेट पाैने ३ खर्ब, कस्को कति ?


  • माउन्टेन खबर
  • शनिबार, असार २, २०८०
  • 129
    SHARES

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि करिव ३ खर्बकाे बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि सातवटै प्रदेशले कुल दुई खर्ब ७९ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

सात प्रदेशले कृषिदेखि भौतिक पूर्वाधारसम्मलाई प्राथमिकता राखेकाे छ । जसअन्तर्गत कोसी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख रूपैयाँ, मधेस प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख, वाग्मती प्रदेशले ६२ अर्ब ७० करोड ९० लाख रूपैयाँ, गण्डकी प्रदेशले ३३ अर्ब ४२ करोड ७२ लाख, लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख, कर्णाली प्रदेशले ३३ अर्ब ३७ करोड ९७ लाख र सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रूपैयाँको बजेट ल्याएकाे हाे ।

यसैगरी कोसी प्रदेश सरकारले चालु खर्चतर्फ १४ अर्ब ३९ करोड ६२ लाख र पुँजीगत खर्चतर्फ १८ अर्ब २३ करोड ४२ लाख रुपैयाँ विनियोजन गरेको छ भने मधेस प्रदेशले चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख, पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख र वित्तीय व्यवस्थापनतर्फ २० करोड रुपैयाँ विनियोजन गरेकाे छ।

यस्तै वाग्मती प्रदेशले चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख, पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख र वित्तीय व्यवस्थापनतर्फ ५० करोड विनियोजन गरेकाे छ भने गण्डकी सरकारले चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख र पुँँजीगततर्फ २० अर्ब १९ करोड रुपैयाँ विनियोजन गरेकाे छ ।

यस्तै लुम्बिनी प्रदेशले चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख, पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन अर्ब ५८ करोड ९७ लाख विनियोजन गरेकाे छ भने कर्णाली प्रदेशले खर्चअन्तर्गत नौ अर्ब २० करोड, पुँजीगतफर्त १९ अर्ब ५७ करोड ७२ लाख र स्थानीय तहमा वित्तीय हस्तान्तणमार्फत चार अर्ब ८० करोड चार लाख विनियोजन गरेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशले चालुतर्फ नौ अर्ब ५९ करोड ६० लाख, पुँजीगततर्फ १७ अर्ब दुई करोड २३ लाख र अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत दुई अर्ब ३४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ