मङ्लबार, बैशाख २५, २०८१

हरिवंश आचार्यको नयाँ गीत ‘ए केटा मादलु पड्का’ सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १९, २०८०
  • 194
    SHARES

काठमाडौँ ।  हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गर्नुभएको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गर्नुभएको छ । अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिनुभएको छ ।

चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ । त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फु¥यो । हत्तपत्त कोठामा गएँ । मोबाइलमा रेकर्ड गरेँ । लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का ।”

यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उहाँले बताउनुभयो । “यो विशुद्ध नाच्न मन लाग्ने गीत हो । यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ । सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ”, हास्य कलाकार आचार्यले भन्नुभयो ।

गीतको तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यङ्ग्य भने गरिएको छ । भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीले साथ दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }