शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेश सभाको चालू अधिवेशन अन्त्य


  • माउन्टेन खबर
  • बिहिबार, भदौ ७, २०८०
  • 168
    SHARES

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको चालू तेश्रो अधिवेशन गएराती १२ बजे देखि अन्त्य गर्नुभएको छ ।

कोशी प्रदेशको मंत्रीपरिषद बैठकको सिफारिशका आधारमा संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश सभाको तेश्रो अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

भाद्र ६ गते बसेको प्रदेश सभाको बैठक विपक्षी दलहरु एमाले र राप्रपाका सांसदहरुले वहिष्कार गरेपछि अर्को सूचना नभए सम्मका लागि स्थगित गरिएको थियो ।

प्रदेश सभाको तेश्रो अधिवेशन अन्त्य गरिए संगै कोशी प्रदेश सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको छ । तत्कालिन मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अध्यादेशबाट ल्याएको बजेट चालू अधिवेशनमा नै स्वीकृत भएको थियो ।

भाद्र १० गते भित्र प्रतिस्थापन विधेयक नल्याए कोशी प्रदेशमा बजेट होलिडे हुने सम्भावना विद्यमान छ । सत्तारुढ र विपक्षी दलहरु बीच प्रदेश सरकारको बहुमत बारे विवाद शुरु भएकाले अध्यादेशबाट पुनः बजेट ल्याउने सम्भावना बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }