शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रसिद्ध धामिर्क तीर्थस्थल गोसाइँकुण्डमा आज बिहानैबाट भक्तजनहरुको घुइँचो


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १४, २०८०
  • 252
    SHARES

रसुवा। प्रसिद्ध धामिर्क तीर्थस्थल गोसाइँकुण्डमा आज बिहानैबाट भक्तजनहरुले कुण्डमा स्नान गरेर यज्ञोपवित्र धारण गरेका छन् । समुद्री सतहदेखि ४ हजार तीन सय ८० मिटरको उचाइमा रहेको कुण्डमा आज बिहानैबाट स्नान गर्न श्रद्धालुको घुइँचो लागेको छ ।

नागपञ्चमीका दिनदेखि जनै पूर्णिमाको दिनसम्म गोसाइँकुण्ड स्नानका लागि भक्तजन रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित गोसाइँकुण्डमा आउने गर्दछन् ।

पौराणिक कथन अनुसार परापूर्व कालमा देवता र दानव भएर समुद्र मन्थन गर्दा समुद्रबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आएर गोसाइँबाबा (भगवान् शिव)ले आफ्नो हातमा भएको त्रिशूल भित्तामा गाड्दा भित्ताबाट गङ्गाजल अर्थात् त्रिशूलधाराको उत्पति भई उक्त धाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती पाइन्छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबाको दर्शन गर्नाले जीवनमा गरेको पापबाट मुक्ति पाउने, पितृ तर्ने र आफूले चिताएका सबै मनोकाङ्क्क्षा पूरा हुने जनविश्वासका साथ बर्सेनी कुण्डमा स्नान गर्न आउनेको भीड लाग्ने गरेको छ ।

हरेक वर्ष कुण्डमा मेला भर्न स्थानीयवासीसँगै काभ्रे, गोरखा, चितवन, नवलपरासी, काठमाडौँ लगायत देश विदेशबाट विभिन्न धर्मावलम्बी पुग्ने गरेका छन् ।

कुण्ड स्नान गर्न आउने तीर्थयात्रीहरुका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, लाङटाङ राष्ट्रिय निकुञ्ज लगायत स्थानीय समिति तथा युवाले तीर्थयात्रीको व्यवस्थापनमा सहयोग गरेका छन् ।

गोसाइँकुण्ड र च्योलाङपाटीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ भने अस्थायी क्याम्प खडा गरी मोबाइल–स्वास्थ्य टिम बनाई भक्तजनलाई सहजीकरण तथा उच्च हिमाली क्षेत्रमा आउने समस्या बारे सतर्कता अपनाउन आग्रहसहित स्वयंसेवक परिचालन गरिएको छ ।

मेलामा विभिन्न गीत सङ्गीत, झाँक्री नाच तथा मनोरञ्जनपूर्ण गतिविधिका साथ कुण्डको दर्शन गर्न आउने परम्परा रहिआएको छ । जैविक विविधताले भरिपूर्ण गोसाइँकुण्ड लगायत वरपरका अन्य कुण्डलाई सन २००७ सेपटेम्बर २१ मा रामसार साइटमा सूचीकृत गरिएको छ ।

गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, नौकुण्ड लगायत करिब १०८ वटा कुण्ड रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }