मङ्लबार, अशोज १६, २०८०

एक किलो सुनसहित एक महिला पक्राउ


  • शुशिल कोईराला
  • आइतवार, भदौ १७, २०८०
  • 71
    SHARES

रसुवा ।  चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोसाईकुण्ड गा.पा. वडा नम्बर ३ बस्ने ४१ बर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिनुभयो ।

नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार कार्यालयको संयुक्त चेकिङ्ग टोलीले नियमित चेकजाँचको क्रममा उनीलाई एक किलो सुनसहित नियन्त्रणमा लिएको डिएसपी बुढाथोकीले बताउनुभयो ।

लुकाई छिपाई चारवटा टुक्रा पारी ल्याएको अन्दाजी एक केजी सुन चीनबाट नेपालतर्फ पैदल आउँदै गर्दा मितेरी पुलबाटै बरामद गरिएको हो । बरामद सामानसहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ