
काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजिनामा दिएका छन् ।
काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई राजिनामा बुझाएका हुन् ।
राजिनामा पछि सामाजिक संजालमा उनले लेखे, ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतस् केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले काफ्लेलाई प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।
काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् ।काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।