बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले दिए राजीनामा


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १९, २०८०
  • 342
    SHARES

काठमाडौं । नेपाली कांग्रेस केन्द्रिय सदस्य तथा बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्ले नेपाली कांग्रेसका बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकबाट राजिनामा दिएका छन् ।

काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई राजिनामा बुझाएका हुन् ।

राजिनामा पछि सामाजिक संजालमा उनले लेखे, ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव महसुस गरेको छु । अतस् केन्द्रिय सदस्यको रुपमा कांग्रेसमा नवीन उर्जा भर्न थप क्रियाशिल रहन र दोलखाली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु ।’

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको २०७९ माघ २ गते बसेको बैठकले काफ्लेलाई प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।

काफ्ले प्रदेशसभामा दोलाखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद हुन् ।काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुँदै उनी कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्यसमेत भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)