शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेशमा अध्यादेशमार्फत् आयो पुरानै बजेट


  • माउन्टेन खबर
  • आइतवार, भदौ २४, २०८०
  • 244
    SHARES

विराटनगर । अदालतको आदेशका कारण बजेट विहीनताको अवस्था रहेको कोशी प्रदेशमा अध्यादेशमार्फत् बजेट आएको छ । नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकको सिफारिस अनुसार प्रदेशप्रमुख परशुराम खापुङले अध्यादेश जारी गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका अनुसार कोशी प्रदेश आर्थिक अध्यादेश र कोशी प्रदेश विनियोजन अध्यादेश जारी गरिएको छ । मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गरेकै दिन शुक्रबारको बैठकले अध्यादेश ल्याउने निर्णय गरिएको हो ।

योसँगै करिब १४ दिनदेखि कोशी प्रदेशको बजेट बिहीनता अन्त्य भएको छ । यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

बजेट होलिडेको अवस्थाबीच अध्यादेश ल्याउन लागेको उद्दव थापा नेतृत्वको सरकारलाई सर्वोच्च अदालतले दीर्घकालीन प्रकृतिको निर्णय नगर्न आदेश दिएसँगै त्यो रोकिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }