
“छम्म छम्म नाचौँ बरिलै” तीजको गीत बजारमा
“छम्म छम्म नाचौँ बरिलै” बोलको तीजको गीत बजारमा आएको छ । जे बि घलेका मन छुने शब्द हरूलाई टिका बम्जनले आफ्नो सङ्गीतको धुनले बाँधेका छन् । उक्त सङ्गीतलाई एरेन्जर राजु खड्काले निखारता थपिदिएका छन् भने लोकप्रिय गायिकाद्वय सुमिना लो र निर्मला घिसिङ्गको कर्णप्रिय स्वर हालेर गीतलाई प्राण दिएका छन् । यो गीतको रेकर्डिङ्ग काठ्माण्डु डिजिटल स्टुडियोमा भएको हो ।
कमल राइको न्रित्य निर्देशनमा उमा गिरी, क्षितिजा शाक्य,यशोदा पौडेल लगायत कलाकारहरू आफ्नो न्रित्यकला प्रस्तुत गरेका छन् । शिव ढकालको सिनेमेटोग्राफी र भुपेन्द्र अधिकारीले एडिटिङ्ग गरेको तीजको गीतको पारीकल्पनाकार र निर्देशनक नेपाली सिनेमाका ख्यातिप्राप्त कलाकार, निर्देशक तथा निर्माता आकाश अधिकारीले रहेकाछन् ।
भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोस्: