
‘परदेशी २’ फ्लिमाको गीत ‘हिजो काम आज काम विदेशमा’ सार्वजनिक
अमेरिका निवासी सतिश चापागाईंको शब्द रहेको नयाँँ गीत ‘हिजो काम आज काम, काम विदेशमा’ सार्वजनिक गरिएको छ। उक्त गीत ” परदेशी -२ मा समाबेश गरिएको छ ।
नारायण रायमाझीको निर्देशन रहेको उक्त भिडियो बुधबार म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
भिडियोमा फिल्मका कलाकार प्रकाश सपूत, दीलिप रायमाझी, रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ। प्रशान्त तामाङको स्वर रहेको उक्त गीतमा विवी अनुरागीको संगीत तथा संगीत संयोजन रहेको छ।
राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, सविन बास्तोला, देवेन्द्र बब्लुलगायत कलाकारको अभिनय छ। फिल्मको कथा रमेश विजीले लेखेका हुन्।
भिडियो हेर्न यहाँँ क्लिक गर्नुहोला: