
बेलायतबाट “माया अँधेरीको” सार्वजनिक
सुनिल सङ्गमको “माया अँधेरीको” बेलायतबाट सार्वजनिक भएको छ । सङ्गमका शब्दलाई सरोज कोइरालाले आफ्नो जादुमाय सङ्गीतले बेरेका छन् भने त्यो संगीतमा पुरुश्वत्तम सुबेदीले सँयोजन गरी अझ बढी मिठास थपेका छन् ।
फाइन ट्युन स्टुडियो अनामनगरमा गएर लोकप्रिय गायक उदय सोताङले स्वर भरिदिएका हुन् भने यस्को रेकर्डिङ्ग र मिक्सिङ्ग पुश्कर खत्रीले गरेका हुन् ।
बाल कलाकार सुबिम श्रेष्ठ,महर्था अधिकारी,बीना गुरुङ र सुनिल भोछिभोया जस्ता कुशल कलाकारहरुलाई सुनिल सँगमको निर्देशन गरेका थिए भने विश्वजीत थापाको सिनेमेटोग्राफी रहेको छ ।