रसुवा। काँग्रेस केन्द्रिय सदस्य एवं सांसद ईन्जिनियर मोहान आचार्यले नेपालीहरूको महान चाड वडा दशैं/विजयादशमी, २०८० को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक एवम् मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ ।
विजयादशमी पर्व असत्यमाथि सत्यको विजय हासिल भएको मान्यता र प्रतीकको रूपमा मनाइने विशेष महत्वको चाड हो भन्दै सांसद आचार्यले यस पर्वले सबै नेपालीलाई आ-आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक-आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भातृत्व अभिबृद्धिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ।
शन्देशमा उहाँले हाम्रा चाडपर्वहरूले भौगोलिक, साँस्कृतिक र भाषिक विविधताबीच रहेको मौलिकता थप सृदृढ गर्न महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्नु भएको छ।यसका साथै साँस्कृतिक एकता र पहिचानलाई अक्षुण्ण राख्न समेत यसले महत्वपूर्ण योगदान गरिरहेका कुरा सांसद आचार्यले शन्देशमा उल्लेख गर्नु भएको छ।
यस प्रकारका चाडपर्वको संरक्षण एवं सम्बर्द्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्न सक्दछ सांसद आचार्यले भन्नु भएको छ।
विजयादशमी पर्व, २०८० ले हामी सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै “समुन्त रसुवा सम्मानित रसुवाली” को साझा संकल्प हासिल गर्न सहयोग पुग्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको मंगलमय शुभकामना व्यक्त गर्दछु सांसद आचार्यले शन्देशमा भन्नु भएको छ।
