रसुवा ।जिल्ला स्थित गोसाइँकुण्ड गाउँपालिका वडा नं १ थुमनका अन्दाजी ४१ बर्षको छिरिङ तामाङ बेपत्ता भएका छन।
थुमनमा शनिबार भएको घटनामा सरोकार नै नभएका तामाङलाई पक्राउ गरि सदरमुकाम धुन्चे ल्याउने क्रममा बाटोबाट बेपत्ता पारिएको भन्दै नेपाली कांग्रेसको भातृ संघ संस्था समन्वय विभाग प्रमुख शिव प्रसाद पौडेलले उनको अवस्था सार्वजनिक गर्न माग गरेका छन ।
तामाङको घटनामा कुनै संलग्नता नरहेपनि स्थानीय जनप्रतिनिधि समेतको दबाबमा उनलाई पक्राउ गरिएको कांग्रेस रसुवाको सभापति पेम्बा छिरिङ तामाङले बताए।
राजनीतिक दबाबमा पक्राउ गर्नु गम्भीर बिषय भएको भन्दै तत्काल उनको अवस्था सार्वजनिक गरी दोषीउपर सबैलाई कारबाही गर्नुपर्ने विज्ञप्ति मार्फत उल्लेख गरेका छन।
जिल्ला स्थित प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार बेपत्ता तामाङको खोजी कार्य भैरहेको र घटनाको अनुसन्धान भैरहेको बताए।
घटनाको अनुसन्धान पश्चात् चाडैं नै सार्वजनिक गर्ने बताए।


