शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा


  • माउन्टेन खबर
  • शनिबार, मंसिर ९, २०८०
  • 158
    SHARES

 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

 

शनिवार काठमाडौंमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताउनु भयो । उहाँले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रमोट गर्ने, विभिन्न सेक्टरमा जसरी अहिले हाम्रो संविधानले हाम्रो लोकतन्त्र, गणतन्त्रले महिलाको समावेशिताको विषय जुन ढंगले उठाएको छ, र सबै सेक्टरमा महिलाले जुन ढंगले आफूलाई विकास गरिरहनुभएको छ, म के देखिरहेको छु भने उपस्थिति मात्रै होइन, त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष हो । यस क्षेत्रमा महिला चलचित्र कर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ । राज्यले महिला चलचित्रकर्मीहरुलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ ।’

मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }