बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश :नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० स्वीकृत


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १३, २०८०
  • 188
    SHARES

मकवानपुर- बागमती प्रदेश सरकारले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८० लाई स्वीकृत गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नमूना वडा समाजवादी कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले जानकारी दिनुभयो ।

मानव सुचांक भन्दा तल परेका वडामा यो कार्यक्रम लागू गरिने मन्त्री लामाले बताउनुभयो । गत आर्थिक वर्षदेखि लागु भएको नमुना वडा समाजवादी कार्यक्रम चालु आर्थिक वर्षमा समेत कार्यान्वयन गर्ने गरी १५ करोड बजेट विनियोजन गरिएको छ ।

यस्तै बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालय, मुख्यन्याधिबक्ताको कार्यालय, प्रदेश सभा सचिवालयको संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको
छ ।

बैठकको प्रदेशका १३ जिल्लामा प्रदेश लेखा इकाई कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका र अन्य ९ जिल्लामा लेखा इकाई कार्यालय स्थापना गर्ने निर्णय गरेको हो ।

योजना तथा बिकास निर्माण कार्यको भुक्तानी लिन हेटौंडा आउनुपर्ने आउनुपर्न बाध्यता हटाउन तथा सम्बन्धित जिल्लाबाट नै सहज रुपमा सेवा प्रवाह गर्नु प्रदेश लेखा इकाई कार्यालय स्थापनाको निर्णय गरिएको मन्त्री लामाले बताउनुभयो ।

साथै बैठकले मानव बेचविखन तथा ओसारपसार विरुद्धको बागमती प्रदेश स्तरीय संरक्षण सम्बन्धी नीति २०८० तथा बागमती प्रदेश बालबालिका सम्बनधी निती स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)