आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी भइँदैन : मुख्यमन्त्री कार्की


  • माउन्टेन खबर
  • बुधबार, मंसिर २७, २०८०
  • 85
    SHARES

झापा- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले एउटा मान्छेलाई खेदेर ढुङ्गा हान्दैमा पहिचानवादी बन्न नसकिने भन्दै आफ्नो मागलाई शान्तिपूर्ण ढङ्गले राख्न सुझाव दिनुभएको छ ।

दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधको नियन्त्रण, रोकथाम सचेतना र उपचार अभियान कार्यक्रमको शुभारम्भ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पहिचानका लागि भइरहेको आन्दोलन हिंसात्मक हुँदै गएकाले अब हिंसाबाट आफ्ना माग पूरा गर्ने भ्रम त्याग्नुपर्ने स्पष्ट पार्नुभयो ।

पहिचानवादीको नाममा हुँदै आएका गतिविधि सरकारले गम्भीर रुपमा लिँदै आएको बताउँदै उहाँले पहिचानका नाममा हिंसा, अस्थिरता निम्त्याउने कार्य भएर त्यस्ता कार्य कानुन अनुसार नियन्त्रण गर्न सरकार बाध्य हुने बताउनुभयो ।

पहिचानवादीले व्यक्ति लक्षित आक्रमण गर्ने कार्य ठीक नभएको उहाँको भनाइ थियो । उहाँले किरात सभ्यता र संस्कृति देशकै साझा गहना मात्र नभएर सम्पत्ति भएकाले यस्ता सम्पत्तिको संरक्षण र सम्वर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध भएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिचानको मुद्दा यो सरकारले अनुभूति हुने गरी काम गर्नेछ, त्यसमा चिन्ता लिनुपर्दैन ।”

आफू मुख्यमन्त्री भएपछि राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको नाममा यो प्रदेशभित्रका विभिन्न जातजाति, भाषाभाषी, संस्कार र संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नका लागि फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्न बजेट छुट्याएको बताउँदै अब चाँडै नै प्रदेश तहमा सरोकारवाला सम्मिलित समिति गठन गरी काम थाल्ने जानकारी दिनुभयो ।

‘लागुऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान दमकबाट सुरु भएको र यो प्रदेशभर आवश्यक भएको मुख्यमन्त्रीको भनाइ थियो । संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा हामी सधै तत्पर रहनुपर्छ र कोशी प्रदेश सरकार यसमा तत्पर छ’’, उहाँको भनाइ छ ।

लागुऔषध प्रयोगकर्तालाई समाजमा पुनःस्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेकोमा पनि उहाँले जोड दिनुभयो । दमकको कार्यक्रममा सहभागी हुन आउने क्रममा दमक–९ स्थित बिजुली अफिस सडकखण्डमा पहिचानवादीले कालो झण्डा देखाएर उहाँ सवार गाडीमा ढुङ्गा प्रहार गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }