सोमवार, बैशाख २४, २०८१

कोशी प्रदेश

सभामुखको निर्वाचन दिउँसो ३ बजे, राप्रपाका विष्ट सर्वसम्मत बन्ने सम्भावना

एमालेले सभामुखमा राप्रपालाई सघाउने निर्णय


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २४, २०८०
  • 96
    SHARES

विराटनगर । कोशी प्रदेशसभामा आज सभामुखको निर्वाचन हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्वाचन गर्ने गरी कार्यसूची प्रकाशित गर्ने निर्णय गरेको छ ।

उपसभामुख सिर्जना दनुवारले आज निर्वाचनमा गएर भए पनि सभामुखको टुंगो लगाउन कार्यव्यवस्थामा सहमति भएको जानकारी दिईन् ।

सत्तारुढ दलहरूले राप्रपालाई सभामुख दिने सहमति भएका छन् । राप्रपाले पनि झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरिसकेको छ । राप्रपाले दलीय सहमतिको आधारमा सभामुख पद लिने निर्णय गरेको हो। बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी रहेको छ । बैठकमा सभामुख चयन प्रक्रियालगायत विषयमा छलफल गरिरहेको प्रदेशसभा सदस्य अमृत अर्यालले जानकारी दिए ।

नेकपा एमालेले सभामुखमा राप्रपालाई सघाउने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको कोशी प्रदेश एमाले संसदीय दलको बैठकले गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे सघाउने निर्णय गरेको हो ।

बैठकपछि प्रमुख सचेतक रेवती भण्डारीले भने,‘सभामुखमा एमालेले उम्मेद्वारी दिदैन । गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउछ ।’

सत्तारुढ दलहरूले राप्रपालाई सभामुख दिने सहमति भएका छन् । राप्रपाले झापाका प्रदेशसभा सदस्य अम्बरबहादुर बिस्टलाई सभामुख बनाउने निर्णय गरेको छ । यससँगै बिस्ट निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }