बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी प्रदेशको सभामुख चयनलाई लिएर राप्रपा भित्रै असन्तुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २४, २०८०
  • 241
    SHARES

काठमाडौँ – कोशी प्रदेशमा आफ्नो दल भित्रबाट सभामुख चयनलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रै असन्तुष्टि देखिएको छ ।

पार्टीको केन्द्रीय निर्देशन समितिका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले एक प्रेस विज्ञप्ति मार्फत कोशीमा आफ्नो दलले सभामुखको उम्मेदवार दिने सहमति नबनेको धारणा सर्वाजनिक गरेसँगै पार्टी भित्रको विवाद सतहमा आएको हो।

कोशीमा सभामुखमा उम्मेदवार दिने विषयमा पार्टी भित्र कुनै सहमति नबनेको अवस्थामा उक्त कार्य पार्टी निर्णय भन्दा बाहिर रहेको र पार्टी भित्र छलफल हुँदा उक्त पदमा जान नहुने निष्कर्ष निकालिएको लोहनीको विज्ञप्तिमा उल्लेख छ ।

“पार्टी अध्यक्ष समेत सहभागिता रहेको पार्टीको पदाधिकारी बैठकमा कोशी प्रदेशको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने बुँदामा छलफल भएको हो । छलफलमा पार्टीले सञ्चालन गर्ने आन्दोलनलाई समेत दृष्टिगत गर्दा उक्त पदमा जानु उपयुक्त नहुने सहमति भएको थियो । तर त्यस विपरित आज कोशी प्रदेशमा सभामुखका लागि उम्मेदवार दिनु भएको छ । अत निर्देशन समितिले सभामुखको उम्मेदवार फिर्ता गर्न आवश्यक कदम चाल्न केन्द्रीय कार्य समिति कार्य सम्पादन समिति लाई निर्देशन गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति बाहिरिए सँगै यस विषयमा राप्रपा नेता मोहन श्रेष्ठसँग कुरा गर्दा उहाँले कोशीमा सभामुख चयन भइसकेको अवस्थामा विज्ञप्तिले कुनै अर्थ नराख्ने र यस बढी महत्व दिन पनि आवश्यक नभएको प्रतिक्रिया दिनु भयो ।

” नेता विष्ट अहिले कोशी प्रदेशको सभामुख चयन भइसक्नु भएको छ। यसलाई लिएर पार्टी भित्र सबैको चित्त नबुझन सक्छ, विज्ञप्तिलाई यति नै बुझ्नुहोस,” श्रेष्ठले भन्नुभयो ।

राप्रपा कोशी प्रदेश सभा सदस्य अम्बरबहादुर विष्ट सत्ता गठबन्धनको समर्थनमा आज मात्र सभामुखमा निर्विरोध निर्वाचित भइ पद तथा गोपनियताको सपथ समेत लिइ सक्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)