बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस मनाउँदै


  • माउन्टेन खबर
  • बिहिबार, पुस २६, २०८०
  • 187
    SHARES

काठमाडौं । सरकारले माघ २ गते २६ औं भूकम्प सुरक्षा दिवस, २०८० मनाउने भएको छ । बिहीबार २६ औं भूकम्प सुरक्षा दिवस प्रचारप्रसार समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो ।

सरकारले माघ २ गते स्थानीय श्रोत र प्रविधि समेत प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔं भन्ने मुल नारासहित दिवस मनाउन लागेको हो । १९९० साल माघ २ गतेका दिन गएको महाभूकम्पको स्मृतिमा २०५५ सालदेखि सरकारले हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

विगतका वर्षको जस्तै यो वर्ष पनि सरकारले देशभर विभिन्न भूकम्पीय सचेतना कार्यक्रम गर्दै मनाउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले बताउनुभयो । उहाँले २६ औं भूकम्प सुरक्षा दिवस समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थिति रहने बताउनुभयो ।

महानिर्देशक श्रेष्ठले नेपालको पश्चिम भागमा महशुस हुने भूकम्प करिब ५१७ वर्षदेखि नगएकाले सञ्चित उर्जाबाट ८ रेक्टर भन्दा ठूलो भूकम्प जानसक्ने सम्भवना रहेको वैज्ञानिकहरुले आँकलन गरिरहेको बताउनुभयो । उहाँले नेपालमा विभिन्न कालखण्डमा ठूलादेखि साना भूकम्पहरु २०७२ सालको गोर्खा,बझाङ,जाजरकोटमा गएको भूकम्पमा कमजोर घर संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको बताउनुभयो ।

महानिर्देशक श्रेष्ठले नेपाल सरकारले जारी गरेको राष्ट्रिय भवन संहिता विशेष गरी स्थानीय तहहरुबाट हुने नक्शा पासमा अक्षरसः पालना हुँदा मात्रै सोचेको भूकम्प सुरक्षा सुनिश्चित गर्न सकिने बताउनुभयो । उहाँले कमजोर घर संरचनाहरुलाई सुरक्षित बनाउन प्रवलिकरण कार्य अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)