आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नशामा डुबेका यात्रुले विमानका परिचारकलाई टोके


  • माउन्टेन खबर
  • बुधबार, माघ ३, २०८०
  • 175
    SHARES

अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए)को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फर्काइएको जापानी वायुसेवा कम्पनीले जनाएको छ ।

एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए । एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए ।

जापानी प्रसारक टीबीएसबाट प्रशारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफुलाई ‘पटक्कै केही याद नभएको’ बताइएको छ ।

यस घटनालाई ‘जोम्बी चलचित्रको सुरुवात’ सँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे पोष्टहरू सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }