शनिबार, बैशाख २२, २०८१

आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न सकिँदैन : सभामुख बिष्ट


  • माउन्टेन खबर
  • मङ्लबार, माघ २३, २०८०
  • 83
    SHARES

काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसकिने बताउनुभएको छ ।

कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैलाइएको भन्दै सभामुख बिष्टले आफूले जनताबाट निर्वाचित हुँदा र सभामुख भइसकेपछिको सिद्धान्तमा परिवर्तन नगरेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँग विराटनगरमा कुरा गर्दै बिष्टले संविधान बमोजिम पदीय दायित्व अनुसार आफुले काम गर्ने बताउनु भयो । उहाँले प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्ने बताउनु भयो । तर देशको अवस्था आर्थिक रुपमा मजबुत नरहेकाले प्रदेश संरचना सञ्चालन चुनौतिपूर्ण रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र बलियो बनाउन नसके प्रदेश संरचनामा निरन्तर प्रश्न उठ्ने बताउनुभयो ।

‘म हिजो जुन सिद्धान्तमा रहेको थिएँ । त्यो सिद्धान्तबाट अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुन आर्थिक रुपमा सबल हुनुपर्छ । देशको अर्थतन्त्र जुन डामाडोल अवस्थामा छ । यसमा तीन तहको सरकार धान्दैन की भन्ने जुन कुराहरु उठेको छ । त्यसमा अहिले पनि विचलित भएको छैन । प्रदेश बलियो हुनका लागि आर्थिक रुपले सबल हुँदै आयो भने प्रदेश धान्न सक्छ, नत्र गाह्रो पर्छ । यसले सबै भएर बलियो बनाउन सक्यो भने प्रदेश रहन पनि सक्छ नत्र कालान्तरमा यसको विषयमा प्रश्न जुन उठेको छ, अझै बढी सबल भएर जानसक्ने कुरा छ । प्रदेशको खास काम भनेको ऐन, कानून बनाउने, नीति निर्माण गर्नेकुरा हो । यसमा विभिन्न समितिको सभापतिहरुको निर्वाचन हुन बाँकी छ । यो निर्वाचन छिटो भन्दा छिटो सबै दलहरुसँग कुरा गरेर, सामञ्जस्यता मिलाएर सर्वसम्मत ढंगले गर्ने सकेसम्म र अन्य कामहरु जिम्मेवारीपूर्ण रुपमा गर्ने साथमा लाग्दछु । सरकारले स्थायित्व पाइदियो भने विकास निर्माणका काम अघि बढ्छन् ।’ सभामुख बिष्टले भन्नुभयो ।

सभामुख विष्टले संसदीय समितिका सभापतिहरु चयन नभएकाले सभापति चयन गर्नेकुरामा र कानून निर्माण गर्ने कुरामा आफ्नो बढी ध्यान केन्द्रित हुने बताउनु भयो । उहाँले संसदलाई नियमित रुपमा बिजनेस दिन सरकारलाई सजग गराइरहने बताउनु भयो । सरकारले स्थायित्व पाए मात्रै विकास निर्माणका काम अघि बढ्न सक्ने भन्दै स्थायित्व दिन आवश्यक रहेको सभामुख बिष्टले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }