काठमाडौँ। सरकारले प्रहरी कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति मार्फत प्रहरी समायोजन
ऐन २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरी सेवामा समायोजन प्रक्रिया अघि बढाएको जानकारी गराएको हो ।

प्रहरी कर्मचारी समायोजनका लागि गृहमन्त्रालयले पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ ।  गृहमन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयका नीति योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सहसचिव सह संयोजक, प्रहरी प्रधान कार्यालयका प्रहरी नयाव महानिरीक्षक र मन्त्रालयका २ उपसचिव सदस्य रहेको पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समिति गठन भइ प्रहरी कर्मचारी समायोजन सम्बन्धिको कार्य थालनी गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी कर्मचारीको समयोजन अघि बढन नसक्दा सेवा प्रवाहमा असजिलो परेको भन्दै प्रदेश सरकारहरुले संघीय सरकारलाई तत्काल प्रहरी समायोजन प्रक्रिया अघि बढाउन पटक पटक ताकेता गर्दै आएका थिए ।