सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पदम लिम्बूको परिवारलाई ५ लाख दिने कोशी सरकारको निर्णय


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २३, २०८०
  • 58
    SHARES

 

विराटनगर । कोशी प्रदेश सरकारले पहिचानको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू लाजेहाङको परिवारलाई पाँच लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले लाजेहाङको परिवार क्षतिपूर्तिस्वरूरुप सो रकम उपलब्ध गराउने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषदले आन्दोलनका क्रममा घाइते भएकाहरूको छानबिनका लागि समिति गठन गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको सरकारका प्रवक्ता समशेर राईले बताउनु भयो । बैठकबाट कात्तिक २६ गते मोरङको उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएकाहरुरूले झापा र मोरङमा गराएको उपचारको खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले प्रदेश नियमावली बमोजिम पुस मसान्तपछि निर्णय गरिसक्नुपर्ने अबण्डाको रकमसम्बन्धी सामाजिक विकास मन्त्रालयद्वारा प्रश्तावित एजेण्डालाई पास गरेको छ । मन्त्रिपरिषदबाट अन्तरप्रदेश खेलकुद प्रतियोगिताका लागि बजेटमा रकम अपुग भएकाले थप रकम निकासा गर्ने निर्णय समेत भएकोे छ ।

 

यस्तै, अर्को नीतिगत व्यवस्था नहुन्जेलसम्मका लागि करार सेवाका कर्मचारीको म्याद थप्ने निर्णय समेत बुधवार बसेको मन्त्रिपरिषद बैठकले गरेको छ । बैठकले भने सुरक्षित आप्रवासन स्रोत केन्द्रसम्बन्धी निर्देशिका पनि स्वीकृत गरेको जनाएको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }