शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राजस्वबाट प्रशासनिक खर्च नै धान्न मुस्किल


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १५, २०८०
  • 27
    SHARES

काठमाडौं । लक्ष्य अनुसारको राजस्व संकलन नभएपछि सरकार प्रशासनिक खर्च नै मुस्किलले धान्नुपर्ने अवस्थामा पुगेको छ । चालु आर्थिक वर्षको ८ महिना सम्ममा सरकारी आय र व्ययको अवस्था हेर्दा १ खर्ब ७२ अर्ब रुपैयाँ अपुग देखिन्छ । जसको मतलब आर्थिक वर्ष २०८०/८१ को फागुनसम्ममा सरकारले गरेको खर्च आम्दानीभन्दा १ खर्ब ७२ अर्ब रुपैयाँले बढी हो ।

महालेखा नियन्त्रकको कार्यलय अनुसार मंगलबारसम्म सरकारले ६ खर्ब ५८ अर्ब राजस्व संकलन गरेको छ भने ८ खर्ब ३० अर्ब रुपैयाँ खर्च भएको छ । सो अवधिमा सरकारले गरेको कुल खर्चमध्ये करिब ६ खर्ब चालु खर्च रहेको छ । सो अवधिमा ५ खर्ब ९८ अर्ब रुपैयाँ चालु खर्च भएको छ । राजस्वबाट उठेको आम्दानी चालु खर्चमै खर्चिन ठिक्क भएको तथ्यांकले देखाएको छ । चालु खर्च भनेको प्रशासनिक खर्च हो । सरकारको आम्दानी प्रशासनिक खर्चमै सकिँदा पुँजीगत खर्चका ऋण लिनुपर्ने अवस्था छ ।

आम्दानीले पुँजीगत खर्च नधान्ने स्थितिमा ऋण लिएरै भएपति छुट्याइएको निर्माण क्षेत्रको बजेट भने खर्च हुन सकेको छैन । चालु आर्थिक वर्ष सकिँन ४ महिना मात्रै बाँकी हुँदा सरकारले विकास निर्माणका लागि छुट्याइएको बजेटको एक तिहाई पनि खर्च गर्न सकेको छैन । मंगलबारसम्मको तथ्यांकअनुसार सरकारले ८७ अर्ब ६९ करोड रुपैयाँ मात्र खर्च गरेको छ । जुन सो कार्यका लागि छुट्याइएको बजेटको २९.३५ प्रतिशत मात्रै हो । सरकारले यस आर्थिक वर्षमा विकास निर्माण कार्यका लागि ३ खर्ब २ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब २२ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । मंगलबारसम्ममा सो लक्ष्यको ४६.३५ प्रतिशत मात्रै राजस्व उठेको देखिन्छ ।

विकास निर्माणका लागि सरकारले फागुनसम्ममा १ खर्ब ६७ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । तर ऋणमार्फत् उठाइएका ती पैसा विकास निर्माणका कार्यमा खर्चिएको भने देखिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }