सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसका सबै क्रियाशील सदस्यमा खुशी ल्याउन आवश्यक छ :महामन्त्री थापा

केही समयमै कांग्रेस सरकारमा फर्किन्छ


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १६, २०८०
  • 34
    SHARES

नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस पार्टीभित्र खुशी र सन्तुष्टि ल्याउन आवश्यक रहेको बताएका छन् ।  दोस्रो चरणको संवाद यात्रामा रहेका उनले कांग्रेसले आफ्ना सबै कार्यकर्तामा खुशी ल्याउनुपर्ने बताएका हुन् ।

उनले कांग्रेसमा आठ लाख क्रियाशील सदस्य रहेका र नेपालको ठूलो पार्टी भएकाले ती सबै सदस्यमा खुशी र सङ्गठनप्रति उनीहरुमा क्रियाशीलता ल्याउनुपर्ने आवश्यकता आफूले देखेको धारणा राखे ।

“यी सबै सदस्य खुशी भए भने देशका सबै मानिसलाई खुशी बनाउँछन् र यी सबै सदस्य आफैँमा थकित र निराश भए भने पार्टीमा त आउँदैन र देशमा पनि खुशीयाली आउँदैन”, उनको भनाइ थियो । त्यसैले सबैभन्दा पहिला पार्टीले आफूभित्रै खुशी, सन्तुष्टि र विश्वास ल्याउन आवश्यक रहेको उनको तर्क थियो ।

पार्टीभित्रको लडाइँको अन्त्य गर्न सबै मिलेर जान आवश्यक रहेको पनि उनले बताए । जिल्लाहरुमा जाँदा विविध खालका समस्याहरु देखिएकाले तिनको निकास पनि जिल्लाबाटै निकाल्नुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

उनले आउने संसदीय निर्वाचनमा नेपाली कांग्रेस कसैसँग गठबन्धन नगरी एक्लै लड्ने पनि जानकारी दिए । उनले बिहीबार  सूर्यपुरामा रहेको बीपी कोइरालाको सालिकमा माल्यार्पण गरेर दोस्रो चरणको संवाद यात्राको शुरुआत गरेका थिए ।

दोस्रो चरणमा उनले तीन दिनमा पाँच जिल्लाका स्थानीयसँग संवाद यात्रा गर्नेछन् ।

नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगनकुमार थापाले अहिले पार्टी सरकारबाट बाहिर रहेको भएपनि केही समयमै सरकारमा फर्किने दाबी गरेका छन् ।

शुक्रबार ‘समुदायमा कांग्रेस अभियान’अन्तर्गत कपिलवस्तुको लबानमा आयोजित सभालाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । उनले सरकारले केही समयमा कांग्रेसलाई पच्छाइहाल्ने टिप्पणी गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }