सोमवार, बैशाख २४, २०८१

कतारका राजाको नेपाल भ्रमण

आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १२, २०८१
  • 33
    SHARES

काठमाडौं । नेपालको राजकीय भ्रमणका लागि मंगलबार काठमाडौं आइपुग्नुभएका कतारका राजा शेख तमिम विन हमाद अल थानी आज पनि भेटवार्ता र छलफलमा सक्रिय हुनुहुने छ । आज दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता गर्ने कार्यतालिका छ ।

कतारका राजा थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता हुँदैछ । आजै कतार र नेपालबीच विभिन्न ६ वटा परियोजनामा समझदारी गर्ने तयारी छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा आउनुभएका राजाले मंगलबार नै राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गरिसक्नुभएको छ । उहाँको सम्मानमा मंगलबार साँझ रात्रिभोजको आयोजना भएको थियो । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो ।

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो ।

राष्ट्रपतिले आयोजना गर्नुभएको रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो ।

कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएको हो । मंगलबार उहाँलाई त्रिभुवन विमानस्थलमा राष्ट्रपति पौडेलले अतिविशिष्ट कक्षमा स्वागत गर्नुभएको थियो ।

विमानस्थलबाट कतारका अमिर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबिच द्विपक्षीय भेटवार्ता भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }