सोमवार, बैशाख २४, २०८१

दिल्लीमाथि कोलकाताको दमदार जित


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र २२, २०८०
  • 40
    SHARES

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले लगातार तेस्रो जित हात पारेको छ ।

केकेआरले चालु सिजनको १६ औं खेलमा दिल्ली क्यापिटल्स (डीसी) लाई १०६ रनले पराजित गरेको हो । यो जितसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने नवौं स्थानमा खस्किएको छ ।

विशाखापट्टनमको डा वाईएस राजशेखर रेड्डी क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर २७२ रन बनाएको थियो । टोलीले आईपीएलको दोस्रो उच्च स्कोर बनाएको छ ।

यो लिगमा कोलकाताको सबैभन्दा ठूलो स्कोर हो । जवाफी इनिङ्समा दिल्लीको टोली १७.२ ओभरमा १६६ रनमा अलआउट भयो । खेलको प्लेयर अफ द म्याच सुनिल नारायण भए । उनले ३९ बलमा ८५ रनको पारी खेले । उनले ७ चौका र ७ छक्का प्रहार गरे ।

अङ्क्रिश रघुवंशीले २७ बलमा ५४ रन बनाए । आन्द्रे रसेलले १९ बलमा ४१ रनको इनिङ खेले । रिंकु सिंहले ८ बलमा २६ रन बनाए । दिल्लीका एनरिके नोर्ट्याले तीन विकेट लिए । इशान्त शर्माले २ विकेट लिए ।

२७३ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीको सुरुवात खराब रह्यो । टोलीका लागि शीर्ष क्रममा कुनै ठूलो साझेदारी थिएन । बीचमा ऋषभ पन्त र ट्रिस्टन स्टब्सले ९३ रन जोडे पनि जितका लागि पर्याप्त भएन ।

कोलकाताको टोलीले लगातार तेस्रो जित हात पारेको छ । अर्कोतर्फ दिल्लीले ४ मध्ये ३ खेलमा हार बेहोरेको छ । यो खेलपछि कोलकाता ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने दिल्ली २ अंकसहित नवौं स्थानमा छ ।

आजको खेलः गुजराट टाइटन्स भर्सेस पञ्जाव किंग्स – बेलुका ७ः४५ बजे

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }