आइतवार, बैशाख २३, २०८१

दोस्रो एकदिवसीय खेलमा नेपाल ११४ रनले पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २३, २०८०
  • 37
    SHARES

काठमाडौं- नेपाल ‘ए’ आयरल्यान्ड ‘ए’सँगको दोस्रो एकदिवसीय खेलमा ११४ रनको फराकिलो हार व्यहोरेको छ । योसँगै तीन खेलको सिरिज आयरल्यान्ड ‘ए’ ले एक खेल अगावै जित निकालेको छ ।

१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ १६.५ ओभरमा ६० रनमा अल आउट भयो । नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९ बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६–६ रनमा आउट भए । नेपाल ए पहिलो खेलमा २१ रनले पराजित भएको थियो । अन्तिम खेल आइतबार हुनेछ ।

आयरल्यान्डका लागि म्याथिउ हम्फ्रिज एक्लैले ४.१ ओभरमा ८ रन दिंदै ६ विकेट लिए । यस्तै फियोन ह्याण्ड र थोमस माएसले समान २-२ विकेट लिए । त्यसअघि टियू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ३८.४ ओभरमा सबै विकेट गुमाएर १७४ रन बनाएको थियो ।

आयरल्यान्डका तर्फबाट ग्याभिन होएले ५९ बल खेल्दै ५ चौका र २ छक्काको मद्दतमा ५० रनको अर्धशतकीय इनिङ खेले । यस्तै कप्तान निल रकले ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४५ रन बनाए । ५० रनमा ६ विकेट गएको अवस्थाबाट कप्तान निल रक र ग्याभिन होएले इनिङ सम्हाल्दै सातौ विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए ।

एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }