शनिबार, बैशाख २२, २०८१

गोविन्द केसीको धम्कीः तीन हप्ताभित्र चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन नगरे सत्याग्रह बस्छु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ८, २०८१
  • 17
    SHARES

 

काठमाडौं। अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई तीन हप्ताको अल्टिमेटम दिनुभएको छ ।

 

शनिवार काठमाडौंको माईतीघरमा प्रदर्शनसहित पत्रकार सम्मेलन गर्दै उहाँले चिकित्साशिक्षासम्बन्धी जाँचबुझ आयोगले कारबाही सिफारिस गरेकालाई कारबाही गर्न माग गर्नुभएको हो । यसअघि आफूसँग गरिएका माग पूरा गर्न तीन हप्ताको समय दिएको पनि बताउनु भयो । उहाँले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई तीन साताको ‘अल्टिमेटम’ दिँदै तीन हप्ताभित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गर्नुभयो ।

 

उच्च शिक्षा सम्बन्धी ऐन तत्काल पारित गर्न र सबै सम्झौताहरु कार्यान्वयन नभए सत्याग्रह बस्ने चेतावनी दिनुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }