शुक्रबार, बैशाख २१, २०८१

न्यारोबडी जहाज इजरायलबाट मर्मत गरी सोमवार नेपाल आउँछः मन्त्री तामाङ


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ९, २०८१
  • 40
    SHARES

 

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमको न्यारोबडी मर्मत गरेर सोमवार काठमाडौं विमानस्थलमा आउने बताउनुभएको छ ।

आईतवार मन्त्री तामाङले पर्यटन विषयमा लेख्ने पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले लोमा समयदेखि इन्जिन मर्मतको लागि इजरायलमा रहेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज सोमवार काठमाडौैं विमानस्थल आउने बताउनु भयो । उहाँले इन्जिन मर्मतपछि जहाज नेपाल ल्याउन लागिएको बताउनु भयो । उहाँले जहाजको इन्जिनमा समस्या आएर लामो समय ग्राउण्डेट हुँदा निगमलाई धेरै घाटा भएको स्वीकार गर्नुभयो । मन्त्री तामाङले जहाज नुहुँदा भएका समस्या जहाज मर्मत भएर आएसँगै समाधान हुने विश्वास लिएको बताउनु भयो । मन्त्री तामाङले आफू मन्त्री भएर आएदेखि जहाज तत्काल बनाएर ल्याउन ताकेता गरेकाले विभिन्न प्राविधिक समस्याका कारण चाँडै आउन नसकेको बताउनु भयो । उहाँले ढिलै भएपनि सोमवार जहाज मर्मत पछि नेपाल ल्याउन लागिएको बताउनु भयो । उहाँले युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउने विषयमा अडिक रहेको बताउनु भयो । उहाँले आकाशमा जुनसुकै देशको जहाज पनि उडान गर्न पाउनुपर्ने बताउनु भयो । उहाँले कार्ययोजना बनाउनको लागि सम्बन्धित निकाय,विज्ञहरुसँग छलफल गरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘म मन्त्री भएर आएपछि नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउण्डेड भएको कुरा जानकारीमा थियो । जहाज बनाउनको लागि इजरायली पठाएको र मर्मत भइरहेको छ भन्ने जानकारी थियो । जसको कारणले नेपाल वायुसेवा निगमलाई दैनिक रुपमा घाटा भइरहेको छ । त्यो कुरा मन्त्री भएर आएपछि निगमका अध्यक्षसँग कुरा गर्दा १२ दिनमा जहाज आउने बताउनुभएको थियो । जहाज आउँदै छ भनेपछि मैले धेरै प्रेसर दिने काम गरिन । जहाज १२ दिनभित्र नभएपछि मन्त्रालयले चाँडै जहाज मर्मत सकेर ल्याउनको लागि निर्देशन दिइरहेका थियौं । प्राविधिक कारणले भनेको समयमा जहाज ल्याउन नसकेको जानकारी निगमबाट आयो । आज मलाई भोली सोमवार जहाज काठमाडौं विमानस्थलमा आउँछ । त्यो समस्या ढिलै भएपनि हल हुन्छ । युरोपेली युनियन (इयु) हवाई सुरक्षामा नेपाली वायुसेवालाई त्यहाँको आकासमा सिधा उडान गर्ने कार्ययोजना बनाउनुपर्छ भन्ने सन्देश दिनगरी यसअघि नै बोलेको थिएँ । त्यो कुरामा अहिले पनि अडिक छु । त्यसको लागि हामी छलफल गरिरहेका छौ । निजी क्षेत्र र विज्ञहरुसँग पनि छलफल गरिरहेका छौं । त्यो गराउन सकेनौं भने हाम्रो हितमा हुँदैन ।’

 

उहाँले सरकारले मे २९ तारिकको दिन १७ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सगरमाथाको फेदमा दिवस बनाउने योजना बनाएको बताउनु भयो । उहाँले विगतमा प्रधानमन्त्रीको उपस्थितिमा मनाउने तयारी भएपनि बजेट लगाएको कारण जान नपाएको भन्दै यो वर्ष जेठ १६ गते परेकाले प्रधानमन्त्रीको सहभागिता रहने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }