शनिबार, बैशाख २२, २०८१

कतारका राजाको नेपाल भ्रमणमा भोलि सर्वाजिक बिदा

अर्थसचिवमा मधुकुमार मरासिनीको सरुवा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १०, २०८१
  • 20
    SHARES

 

 

काठमाडौं ।सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा वैशाख १० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले मंगलवारबाट गर्नुहुने नेपाल भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सञ्चारकर्मीहरुसँग बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवद्र्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने निर्णय भएको बताउनु भयो । त्यस्तै सरकारले अर्थसचिवमा मधुकुमार मरासिनीलाई सरुवा गरेको छ ।

उहाँले भन्नुभयो, ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न सम्माननीय राष्ट्रपतिज्युसमक्ष पेश गर्ने । राष्ट्रपतिसमक्ष यो अध्यादेश पेश भइसकेपछि यो जारी हुनेछ ।

विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवद्र्धन प्रबलीकरण, पुनःस्थापना तथा पुनः निर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनको नियमावली संशोधन गर्ने । खासगरी पश्चिममको दुई वटा जिल्लामा भूकम्पको क्षति भयो र बझाङसहित पनि ती जिल्लाहरुलाई केन्द्रिकृत गरेर निर्णय गरिएको हो ।

कतारका राजा अमिरले भोलिदेखि नेपाल भ्रमण गर्दै हुनुहुन्छ, सो अवसरमा राजकीय भ्रमणको अवसरमा वैशाख १० गते सार्वजनिक बिदा दिने ।

अर्थसचिवमा मधुकुमार मरासिनी अदालतबाट सफाई पाएर आउनुभएको छ, उहाँलाई अर्थ सचिवको रुपमा सरुवा गर्ने ।’

 

कतारका राजाको भ्रमणमा विभिन्न सम्झौताहरु हुने पनि बताउनु भयो । उहाँले पर्यटनसम्बन्धित सम्झौता, विभिन्न मन्त्रालय अन्तर्गतका, खेलकुद, सञ्चार अन्तर्गतका सम्झौताहरु हुने पनि बताउनु भयो । कतारका राजासँग नेपाललाई फाइदा हुने ढंगले सम्झौताहरु हुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }