शनिबार, बैशाख २२, २०८१

योजना छनोटको प्राथमिकीकरणमा सरकार चुक्योः अध्यक्ष नेपाल


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १३, २०८१
  • 24
    SHARES

 

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशका योजना छनोटको प्राथमिकीकरणमा सरकार चुकेको बताउनुभएको छ ।

 

बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थ विज्ञ, योजना विज्ञहरुले देशका विकासका समस्या पहिचान गरी समस्यालाई पहिल्याउन नसकेको बताउनु भयो । उहाँले हचुवा पाराले काम गर्ने प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नेकुरामा हुनुपर्ने बताउनु भयो । उहाँले समस्याहरुको पहिचान गर्ने, अनुसन्धान गर्ने कुरामा गरिने खर्चले नै योजना प्राथमिकीकरणमा मद्दत पुग्ने बताउनु भयो । उहाँले गेम चेन्जिङ प्रोजेक्टहरुको छनोट गर्न नसकेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा विज्ञहरुले, अर्थ विज्ञहरुले, योजना विज्ञहरुले हाम्रो देशका विकासका समस्या के हुन् ? त्यो समस्याहरुलाई हामीले पहिल्याउन सकेका छौँ की छैनौँ । यो जम्मै पक्षहरुमा जसरी हामीले अझै ध्यान दिनुपर्ने हो, अझै पुगेको छैन की जस्तो लागेको छ । हामी हचुवा पाराले काम गर्छौं । देशभरका जतिपनि ७४३ वटा पालिका छन् । एकै पटक सबै ठाउँमा अस्पताल बनाउने कुरा सोच्छौँ । जहाँ जहाँ आयो, त्यहाँ त्यहाँ हामी हवाई मैदान बनाउँछौँ, कहाँ बनाउने, कुनलाई प्राथमिकता दिने, कहाँ कति बजेट छुट्याउने ? यसमा प्राथमिकीकरणको कमी छ । त्यसको निम्ति कतै हाम्रो अध्ययन र अनुसन्धान गर्ने क्षेत्रमा जति ध्यान दिनुपर्ने हो, राज्यले त्यसमा जोड दिनुपर्ने हो, त्यसमा त्यति ध्यान नदिएको महशुस मलाई लाग्छ । बजेटको महत्वपूर्ण हिस्सा भनेको प्रत्येक क्षेत्रको गहिरो अध्ययन गर्नेकुरामा हो । अनुसन्धान गर्ने कुरामा । समस्याहरुको पहिचान गर्नेकुरामा खर्च गर्नुपर्छ । जति धेरै विज्ञहरुलाई, जति धेरै त्यस क्षेत्रका जानकारलाई परिचालित गर्नसक्यौँ, त्यति धेरै हामी सही निस्कर्षमा पुग्न सक्छौँ । यस क्षेत्रमा अझै पनि अपेक्षित मात्रामा हाम्रो ध्यान पुगेको छैन । हामीले हवाई मैदान त बनायौँ, तर जहाँ बनाउनुपर्ने हो, पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छैन, गेम चेन्जिङ प्रोजेक्ट केके हुन् त ? प्रत्यक्ष प्रभाव पार्नसक्ने क्षेत्र कुनकुन हुन्, त्यसको अध्ययन हामीले गर्नसक्यौँ की सकेनौँ । मैदान होस् वा चाहे अरु कुनै क्षेत्रमा लगानी गर्ने कुरा होस् । त्यसमा अध्ययन हुनुपर्छ ।’

 

पूर्वप्रधानमन्त्री नेपालले कृषिको निम्ति व्यापक योजना आउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले कृषिको व्यापकतामा ध्यान दिएर अघि बढ्न जरुरी रहेको बताउनु भयो । उहाँले सिंचाईको राम्रो व्यवस्था गर्न, मलको राम्रो बन्दोबस्त गर्नुपर्ने, आधुनिक बीउबिजनको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले निर्यात प्रवद्र्धन, राजश्व वृद्धि गर्ने कुरामा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }