शुक्रबार, बैशाख २८, २०८१

रोहितको शतकमा वेष्ट इन्डिज ‘ए’माथी नेपालको जित


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १५, २०८१
  • 25
    SHARES

काठमाडौँ । नेपालका कप्तान रोहित पौडेलको शतकमा नेपालले वेष्ट इन्डिज ‘ए’लाई हराएको छ ।

५ खेलको टी-२० सिरिजको पहिलो खेलमा नेपालले वेष्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको हो ।

वेष्ट इन्डिज ‘ए’ ले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको लागि कप्तान रोहित पौडेलले शानदार शतक बनाए । उनले ५४ बलमा १० चौका र ६ चक्का प्रहार ५४ बलमा १० चौका र ६ चक्का प्रहार गर्दै १ सय १२ रन बनाए ।

यस्तै, गुलशन झा ९ र प्रितिश जिसी ५ रनमा अविजित रहे ।नेपाललाई अन्तिम ओभरमा जितको लागि ९ रन आवश्यक थियो । प्रतिश र गुल्शनले पहिलो र दोस्रो बलमा एकएक रन लिए । तेस्रो र चौथो बलमा गुल्शनले लगातार चौका हान्दै नेपाललाई जित दिलाए ।

दीपेन्द्रसिंह ऐरीले १८ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाए । कुशल भुर्तेलले १६, विवेक यादवले ७ र अनिल शाहले ५ रन बनाए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।

वेष्ट इन्डिज ‘ए’ का लागि कप्तान रोस्टन चेजले सर्वाधिक रन बनाएका थिए । उनले ४६ बलमा ७४ रन बनाए । यस्तै, केसी कार्टीले ३८, कडीम एलेनले१४, , आन्द्रे फ्लेचरले १३ रन बनाए ।

नेपालको लागि कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, कप्तान रोहित पौडेल र अभिनाश बोहराले समान एक एक विकेट लिएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }