बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सव

नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन सम्पन्न


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १७, २०८१
  • 48
    SHARES

काठमाडौँ । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाडौँमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम सम्पन्न भएको छ ।

स्वर्ण महोत्सवको उपलक्ष्यमा नेपाल–कोरिया मैत्री अभियान २०२४ अन्तर्गत नेपाली र कोरियाली आरोहीहरूबाट हालैमात्र जुगल हिमालको जुगल हिमाल १ र जुगल हिमाल २ आरोहण गरिएको थियो ।

चुचुरोमै पुग्न असफल भएपनि यो पटक ६ हजार २५० मिटरसम्म आरोहण भएको थियो । यो आरोहण नेपाल र छिमेकी राष्ट्र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाल सरकारले २०७९ चैत्र २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्) बैठकले आरोहणका लागि खुल्ला गरेको थियो ।

नेपाल पर्यटन बोर्ड र नेपालस्थित कोरियन दूतावासको सहकार्यमा आयोजना गरिएको सो कार्यक्रममा बोल्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हितबहादुर तामाङले नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वर्षगाँठ (स्वर्ण महोत्सव)को उपलक्ष्यमा नेपाल सरकारको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भयो ।

 

कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष भए पनि दुई देशबीच धार्मिक र सांस्कृतिक सम्बन्ध भने प्राचीन र ऐतिहासिक रहेको उल्लेख गर्दै उहाँले कोरियाको तर्फबाट प्रारम्भदेखि निरन्तर नेपालको समग्र अर्थतन्त्र, पूर्वाधार विकास,पर्यटन तथा रोजगारीलगायत विभिन्न क्षेत्रमा भएको पारस्परिक सहयोग प्रति आभार व्यक्त गर्नुभयो ।

संघीय सांसद माधव सापकोटाले स्वर्ण महोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा नेपाल र कोरिया बीच रहीआएको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नु भयो ।

यस्तै नेपालका लागि कोरियाका राजदूत पार्क टी योङले नेपाल र कोरियाबीच लामो सम्बन्ध रहेको चर्चा गर्दै स्वर्ण महोत्सवको अवसरमा आयोजना गरिएको यस अभियानले नेपालको हिमाली पर्यटनको थप विकास तथा प्रर्वद्धनका लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापा, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद पाण्डे, कोरियन अल्पाइन फाउण्डेशनका अध्यक्ष डा। सोम जंग हो,कोरिया नेपाल फ्रन्डसीप एक्सपीडिसनका क्याप्टेन ऊ होङ गील लगायतले नेपाल कोरिया सम्बन्धका बारेमा बोल्नु भएको थियो ।

सो अवसरमा जुगल आरोहणमा सहभागी आरोहीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }