सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 27
    SHARES

 

एजेन्सी ।  दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीका कारण थप पाँच जनाको मृत्यु भएको छ । यसबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ । उरुग्वे र अर्जेन्टिनाको सीमानामा रहेको राज्यमा कीर्तिमानी वर्षा, बाढी र पहिरोले १३२ जना बेपत्ता र ३६१ जना घाइते भएका छन् । विगत आठ दिनमा २ लाख भन्दा बढी बासिन्दाहरूलाई घर छोड्न बाध्य बनाएको छ ।

राजधानी शहर पोर्टो एलेग्रेलगायत राज्यका ४९७ शहरमध्ये ३८८ मा १४ लाखभन्दा बढी मानिस प्रकोपबाट प्रभावित भएका छन् । शहरको ८५ प्रतिशत भन्दा बढी जनसंख्याले पिउने पानीको पहुँच गुमाएका छन् । बाढीबाट ७९० विद्यालय प्रभावित, ३८८ वटा क्षति र अन्य ५२ वटा विस्थापितलाई आश्रय दिन सेवा दिइरहेकाले राज्यभर कक्षाहरू स्थगन गरिएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रकोप स्थलहरूको भ्रमण गर्नुभएको छ । संघीय सहायताको प्रतिवद्धता गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }