आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानाध्यापक नियुक्तिको विवादले नौकुण्डमा बजेट अधिवेशन स्थगित


  • माउन्टेन खबर
  • शुक्रबार, असार ८, २०८१
  • 1.6K
    SHARES

रसुवा। रसुवा-नौकुण्ड गाउँपालिका रसुवामा बिधालयको प्रधानाध्यापक नियुक्तिको बिबादले आज तोकिएको १८ औं गाउँसभा नै स्थगित भएको छ।

बिगत एक बर्ष देखि बिधालय ब्यबस्थापन समितिको अधिकार नै हनन गरेर पालिकाभरिको बिधालयहरुको प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने अडान लिएर गाउँपालिका उपाध्यक्ष चन्द्र बहादुर तामाङ कार्यकक्ष बाट निस्किएपछि बैठक स्थगित भएको नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्बु स्याङबो घलेले बताउनुभयो।

पालिकाभरिको २९ वटा बिधालयहरुको प्रधानाध्यापक परिवर्तन गर्नुपर्ने अडान बिगत लामो समयदेखी शिक्षासमितिमा उठाउदै आएको अध्यक्ष घलेले बताउनुभयो।

नागरिकको आपेक्षा अनुसारको काम गर्नको लागि बजेट ल्याउनको लागि आफू लागिपरेको छु तर गाउँकार्यपालिकामा आफ्नो पक्षमा बहुमत नहुँदा असहज भएको उहाँले बताउनुभयो।

बजेटमा असहमति भए त्यसको जिम्मेवार स्वयं उपाध्यक्ष सहितको टिमले लिनुपर्ने अध्यक्ष घलेले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)