मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली प्रदेश सरकारका लागि कांग्रेसले पठायो ४ मन्त्रीको नाम


  • माउन्टेन खबर
  • शुक्रबार, साउन १८, २०८१
  • 158
    SHARES

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली सरकारमा कांग्रेस सहभागी हुन लागेको हो ।

नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेसबाट चार जना मन्त्री सहभागी हुने भएका छन् । कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेललाई आज दिउँसो मन्त्रीको नाम बुझाउने कांग्रेसले जनाएको छ ।

मन्त्रीहरुको नाम दिउँसो १ बजे मुख्यमन्त्रीलाई बुझाउँने कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले जानकारी दिए ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी र जलस्रोत तथा उर्जा विकास मन्त्री विजया बुढा हुन लागेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)