मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीमा चार मन्त्रीले लिए शपथ


  • माउन्टेन खबर
  • आइतवार, साउन २०, २०८१
  • 258
    SHARES

सुर्खेत – कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्मन्त्री यामलाल कँडेलको सिफारिसमा सत्ता साझेदार दल नेपाली कांग्रेसका तर्फबाट चार जना मन्त्रीले शपथ ग्रहण गरेसँगै कर्णाली प्रदेश सरकारले पूर्णता पाएको हो ।

आज प्रदेश प्रमुखको कार्यालयमा राखिएको कार्यक्रममा काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्री राजिव विक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा विजया बुढाले मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिनु भएको छ ।

नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १७२ बमोजिम नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।

८ सदस्यीय मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र ४ कांग्रेसले पाएको छ । कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसदबाट विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)