सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली मुख्यमन्त्री विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • सोमवार, साउन २१, २०८१
  • 164
    SHARES

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने हुनुभएको छ । संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि योसम्बन्धी विषयको प्रस्ताव आज राख्ने व्यवस्था मिलाउन आज प्रदेशसभा सचिवालयलाई परिपत्र गरिएको मुख्यमन्त्री कँडेलले बताउनुभयो । उहाँले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जानकारी दिनुभयो ।

यही साउन ७ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो । आइतबार कांग्रेसका चार मन्त्री कर्णाली सरकारमा सहभागी भएसँगै उहाँको नेतृत्वको सरकारले पूर्णता पाएको छ । कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का १०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक–एक प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)