सोमवार, कार्तिक १०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री कँडेललाई विश्वासको मत


  • माउन्टेन खबर
  • सोमवार, साउन २१, २०८१
  • 182
    SHARES

काँक्रविहार । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ । उहाँले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत पाउँ भनेर प्रदेशसभासमक्ष प्रस्ताव पेस गर्नुभएको थियो । चालीस सदस्यीय प्रदेशसभामा ३८ जना प्रदेशसभा सदस्यहरू आजको प्रक्रियामा सहभागी हुनुहुन्थ्यो ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निलम्वनमा हुनुभएको छ भने राप्रपा सांसद सन्तोषी शाही बैठकमा उपस्थित हुनुभएन । सभामुखसहित ३८ मध्ये मतदानमा ३७ जना सदस्य सहभागी हुनुभएको थियो । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १४ मत पर्‍यो । एमाले संसदीय दलका नेता समेत रहेका कँडेललाई एमालेका नौ, कांग्रेसका १४ जना सदस्यले मत दिनुभएको थियो ।

मत नदिनेमा प्रतिपक्षी दल माओवादीका १३ र समाजवादीको एक जना प्रदेशसभा सदस्यहरू रहेका छन् । प्रदेश सरकार बनाउनका लागि कम्तीमा २१ मत आवश्यक पर्छ ।

मुख्यमन्त्री कँडेलले आफू कर्णालीको विकास र समृद्धिका लगातार अग्रसर भइरहने बताउनुभयो । उहाँ चैत २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले वैशाख १३ गते पहिलो पटक प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको थियो ।

त्योबेला कँडेलले माओवादी र समाजवादीको समर्थन पाउनुभएको थियो । केन्द्रमा बदलिएको समीकरणसँगै कर्णालीमा पनि कांग्रेस–एमालेबीच सरकार गठन भएको छ । गत साउन ७ गते सत्तासाझेदार दल माओवादीले समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिएको जानकारी दिनुभयो ।

सोहीअनुसार कँडेल नेतृत्वको मन्त्रिपरिषद्बाट माओवादी बाहिरिएको छ भने कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री कँडेलले आइतबार मात्रै कांग्रेसका चार जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)