शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

हेरुका लामाद्धारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा


  • माउन्टेन खबर
  • सोमवार, अशोज २१, २०८१
  • 316
    SHARES

काठमाडौँ –  चर्चित मोडल एवं निर्देशक हेरुका लामाद्वारा निर्देशित ‘कस्तो हो यो माया’ बोलको गीत बजारमा आएको छ । क्यानडामा रहेर पनि उनले आफ्नो करिअरलाई अगाडि बढाउने क्रममा म्युजिक भिडियो बजारमा ल्याएका हुन । ‘लामो समयपछि कर्मभूमिबाट म्युजिक भिडियो बजारमा ल्याएका छौ । विश्वास छ सम्पूर्ण दर्शकले मन पराउनुहुनेछ ।’ निर्देशक लामाले भने । म्युजिक भिडियो क्यानडाको विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिएको छ । म्युजिक भिडियोलाई उनै निर्देशक लामाले पहिलो पटक छायाङ्कन गरेका हुन ।

गायक निशान भट्टराईको आवाज, लेखु सहयात्रीको सङ्गीत, ईश्वर थापाको शब्द, पुरुषोत्तम सुवेदीको सङ्गीत संयोजन रहेको छ । साजन शाहले मिक्सिङ, नरेश विविशीले रेकर्डिङ गरेको गीतलाई ए प्लस स्टुडियोमा रेकर्ड गरेको हो ।

म्युजिक भिडियोमा ईश्वर थापा र परीथा खड्काको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई उनै निर्देशक हेरुका लामाले ड्रोन, छायाङ्कन र कोरियोग्राफी गरेका हुन । भिडियोलाई सम्पादन र कलर राजेश कुमारले गरेका हुन ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)