शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १, २०८१
  • 221
    SHARES

काठमाडौँ – नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौँमा एक कार्यक्रमबिच चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’को ट्रेलर सार्वजनिक भएको हो । अभिनेता विजय बराल, बुद्धि तामाङ, प्रकाश सपुत, अभिनेत्री अञ्जना बराइलीको मुख्य अभिनय रहेको चलचित्रमा गाइने प्रथालाई देखाइएको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता विजय बरालले आफूले सिनेमामा पहिलो पटक गाइने पात्र पाएको बताउनु भयो । उहाँले थिएटरमा यस्तो पात्रहरूको भूमिका निभाएमनि चलचित्रमा पहिलो अनुभव रहेको बताउनु भयो । चलचित्रलाई सबैले मन पराइदिनेमा आशावादी रहेको बताउनु भयो । अभिनेत्री बराइलीले पूर्णबहादुरको सारङ्गीलाई पनि धेरै दर्शकहरूले मन पराउनेमा आशावादी रहेको बताउनु भयो ।

चलचित्रमा सारङ्गी संस्कृति जोगाउन गाइने समुदायले गर्ने सङ्घर्षको कथालाई समेटिएको छ । ३ मिनेट २६ सेकेन्ड लामो ट्रेलरले सारङ्गीको परम्परा जोगाउन र यसलाई पुस्तान्तरण गर्नेतर्फ गाइने समुदायले गर्ने सङ्घर्षको कथा देखाइएको छ । सरोज पौडेल निर्देशित फिल्मलाई विनोद पौडेल र प्याट्रिक सुवेदीले निर्माण गर्नुभएको हो । यो फिल्म कात्तिक १५ गते प्रदर्शन हुँदैछ । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)