आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरमा धोती, कुर्ता र सारी जुलुस


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक ३, २०८१
  • 301
    SHARES

जनकपुरधाम – मिथिलाको पहिरनलाई जगेर्ना गर्नुका साथै प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता र सारी जुलुस निकालेका छन् ।

पछिल्लो समय युवाहरूमा मिथिलाको मुख्य पोसाकको रूपमा रहेको धोती कुर्ताप्रति बढ्दै गइरहेको वितृष्णा कम गर्ने उद्देश्यले युवाहरूले जनकपुरधाममा धोर्तीकुर्ता तथा सारी जुलुस निकालेका हुन् ।

धोती कुर्ता तथा सारी लगाएका सय भन्दा बढी युवा÷युवतीले जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा पुगेर मन्दिरको परिक्रमा गरेका हुन् ।

मिथिलाको आफ्नो वस्त्र तथा मिथिला संस्कृति हामी युवाहरुले नै जोगाउनुपर्छ भन्ने उद्देश्यले आफूहरूले जुलुस निकालेको जुलुसमा सहभागी सुमित जलानले बताउनु भयो । उहाँले यसलाई अभियानकै रूपमा आफूहरूले अगाडी बढाएको बताउनु भयो । यता धोर्तीकुर्ता तथा सारी जुलुस अभियानको अगुवाइ गरिरहनुभएका मोहन महतो कोइरीले आफूले यो अभियान विगत ७ वर्षदेखि चलाउँदै आइरहेको र यो अभियान यस पटक प्रत्येक छठ घाटमा लैजाने अभियान रहेको बताउनु भयो ।

उहाँले आउन लागेको मिथिलाको पर्व छठको समयमा धोती कुर्ता लगाएरै छठको घाटमा पुग्न अपिल गर्नुभयो । युवतीहरूमा सारीप्रति आकर्षण रहे पनि सारी लगाउने तरिकामा आधुनिकताले छोइरहेकोप्रति जुलुसमा सहभागी विनीता महतोले दुःख व्यक्त गर्नुभयो ।

उहाँले युवतीहरूलाई पुर्खाले जसरी सारी लगाउन आग्रह समेत गर्नुभयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)