शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेला महोत्सवले स्थानीय उत्पादनको प्रवर्द्धन गर्दै अर्थतन्त्र चलायमान बनाउन टेवा पु¥याउँछः उपप्रधानमन्त्री सिंह


  • माउन्टेन खबर
  • शुक्रबार, पुस १२, २०८१
  • 97
    SHARES

मध्यपुर – उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मेला महोत्सवहरुले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै मुलुकको अर्थतन्त्र चलायमान बनाउन टेवा पु¥याउने बताउनुभएको छ ।

शुक्रवार ‘मध्यपुर महोत्सव २०८१’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन महोत्सवले प्रत्यक्ष प्रभाव पार्ने बताउनु भयो । मेला महोत्सवहरुले स्थानीय उत्पादन स्वदेशी सामग्रिको अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग पुग्ने उहाँको विश्वास छ । उहाँले स्थानीय उत्पादनदेखि लिएर समाजमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर देशभित्रै व्यापार व्यवसाय गर्न नयाँ पुस्तामा जागरुकता ल्याउनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले हामी जन्मेको ठाउँमा बस्यो भने के हुन्छ र ? भन्ने खलाको नकारात्मक कुराहरु भइरहेका छन् । तर आफ्नै गाउँठाउँमा बसेर काम गर्ने इच्छा भयो भने मौका र अवसर मिल्छ भन्ने कुरा कृषि लगायतका क्षेत्रमा काम त गर्नसक्छौं नि त । काम गर्ने इच्छा भयो भने काम गर्ने ठाउँहरु प्रशस्त छ भन्ने कुराहरु मेला महोत्सवहरुले देखाइ नै रहेका छन् । स्थानीय उत्पादन, सामग्रीदेखि लिएर मौका पनि मिल्ने र नयाँ पिँडिलाई पनि काम गरेर खानु राम्रो कुरा हो । हामीसँग भएको स्रोत र साधनको उपयोग गरेर अगाडि बढ्नु राम्रो हुन्छ । मध्यपुर ठिमी महोत्सवले सबैलाई एकै ठाउँमा ल्याउने काम गर्नेछ । ठिमीका जनतालाई मात्र नभएर समग्र देशमका बासिन्दाहरुलाई जमघठ गरेर अन्तरक्रिया गर्ने अवसर जुराएको छ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउनका महोत्सवले प्रत्यक्ष रुपमा धेरै ठूलो प्रभाव पार्छ । आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि यस्ता महोत्सवहरुले काम गर्ने गर्दछन् । महोत्सवको तयारीका लागि समय लागेको भएपनि मध्यपुर ठिमीको मात्र नभई समग्र नेपालको अर्थतन्त्र चलायमान बनाउनका लागि टेवा पुग्ने भएका कारण यस्ता महोत्सवहरु हामीले ठाउँ ठाउँमा आयोजना गर्नुपर्दछ ।’

नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठाउँठाउँमा मेला महोत्सवहरुको आयोजना गर्नुपर्नेमा उहाँको जोड छ । —न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)