शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०८३
  • 52
    SHARES

काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ ।

 

बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरूको टोलीले राष्ट्रपति भवन शितल निवासमा पुगेर सो प्रतिवेदन हस्तान्तरण गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्नुपर्ने संवैधानिक तथा कानुनी व्यवस्था छ । सोही व्यवस्था बमोजिम आयोगले पछिल्लो एक वर्षमा सम्पादन गरेका कामकारबाही, निर्वाचन व्यवस्थापन र आयोगको सुधारका क्षेत्रहरू समेटिएको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीका साथै आयोगका अन्य आयुक्तहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा निर्वाचन आयोगका तर्फबाट हालसम्मका उपलब्धि र आगामी दिनमा आयोगले प्राथमिकतामा राखेका सुधारका कार्यहरूबारे राष्ट्रपति पौडेललाई संक्षिप्त जानकारी गराइएको थियो ।

राष्ट्रपति पौडेलले संवैधानिक निकायको रूपमा रहेको निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै लोकतन्त्रको सुदृढीकरणमा आयोगको सक्रियता महत्त्वपूर्ण रहने उल्लेख गर्नुभयो । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)