शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सुरुभयो पोखरा सडक महोत्सव


  • माउन्टेन खबर
  • शनिबार, पुस १३, २०८१
  • 236
    SHARES

पोखरा-  आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा २६ औँ संकरणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरेको हो । यही पुस १७ सम्म चल्ने महोत्सवको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई महोत्सबै महोत्सबको शहर बनाउनु पर्ने  बताउनुभयो ।

यसअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न सङसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने नाराका साथ आयोजित महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषासमेत प्रदर्शन गरिने रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्टलगायत गतिविधि समावेश गरिएका छन् ।

“सडक महोत्सव पोखराको ‘ब्राण्ड’ बनेको छ । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा हुने महोत्सवको पर्यटन क्षेत्रलाई चलायमान गराउने विश्वास लिएका छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो ।

महोत्सवलाई थप रौनक प्रदान गर्न सडकमा हुने खेलकुदका कार्यक्रमको तयारी पनि पूरा भएको खेलकुद संयोजक सुमन भट्टराईले जानकारी दिनुभयो । सडकमा मःम खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुङ्गा दौडलगायत आयोजना हुनेछ । त्यसैगरी अघिल्लो संस्करणमा जस्तै यसपटक पनि पर्यटनका बारेमा जानकारीसहितको सडक संवाद कार्यक्रम हुने रेवानले जनाएको छ ।

रेबानका केन्द्रीय अध्यक्ष सङ्घर्ष बिष्टले सडक महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धनका साथै विदेशी पर्यटकको बसाइँ लम्ब्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । महोत्सवले स्थानीय पर्यटनमा नेपाली उत्पादनलाई प्रोत्साहन र विश्वबजारमा पुर्‍याउन पनि मद्दत पुगेको उहाँको भनाई छ ।

समग्रमा सडक महोत्सव स्थानीय स्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्ने दरिलो माध्यम बनेको महोत्सवका संयोजक विकास भट्टराईले बताउनुभयो । “नयाँ वर्षका दौरानमा नेपालमा आकर्षक कार्यक्रम नहुँदा विदेशी पर्यटक पनि नेपाल छाडेर घर फर्कन्थे”, उहाँले भन्नुभयो,“तर, विगत २५ वर्षदेखिको निरन्तरताले अब नेपाली पर्यटनलाई मात्र नभएर विदेशीलाई पनि नयाँवर्ष पोखरामा मनाउने वातावरण सृर्जना गराएको छ । महोत्सवकै कारण पोखरामा आन्तरिक र बाह्य पर्यटकको आगमन निकै बढेको छ ।”

महोत्सवको प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद रहेका छन् ।

विगत २५ वर्षदेखि निरन्तर रुपमा हुदै आएको पोखरा सडक महोत्सव देशकै ठूलो महोत्सवको रुपमा रहदै आएको छ । यो महोत्सवले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको बसाई सम्ब्याउन सहयोगीसिद्ध भएको छ । गतवर्षमात्र पाँच लाख स्वतदेशी तथा विदेशी पर्यटकले सडक महोत्सवको अवलोकन गरेको रेवान पोखराका निवर्तमान अध्यक्ष नरेश भट्टराईले जानकारी दिनुभयो । यो वर्ष झण्डै पाँचलाख पर्यटकले महोत्सव भ्रमण्ण गर्ने । महोत्सवले पोखराको मात्र नभई समग्र रुपमा राष्ट्रिय अर्थतन्त्रमा नै महत्वपूर्ण योगदान पुग्ने रेबान पोखराका अध्यक्ष विश्वराज पौडेलले बताउनुभयो ।

उहाँका अनुसार महोत्सवको अवसरमा सडक महोत्सवमा रहने रेष्टुरेन्टहरुको नेन्युमा २० प्रतिशत सम्छ छुट दिनेछन् । यस्तै होटलमा २० प्रतिशत र प्याराग्लाईडिङ् सेवामा १० छुट पाइने छ । स्थानीय उत्पादनको प्रवद्र्धन, वातावरणमैत्री वस्तुहरुको प्रयोग, नेपाली हस्तकलाको प्रवद्र्धनका लागि निःशुल्क स्टलको व्यस्था गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)