शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निजी क्षेत्रलाई काम गर्ने वातावरण दिए आर्थिक समृद्धि हासिल हुन्छ : अध्यक्ष ढकाल


  • माउन्टेन खबर
  • मङ्लबार, पुस १६, २०८१
  • 74
    SHARES

काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आर्थिक समृद्धि हासिल गर्नको लागि निजी क्षेत्रलाई सक्रियरूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैठौं श्रम संसद समारोहमा उनले नीजि क्षेत्रले सक्रिय रूपमा काम गर्नको लागि सबै ठाँउबाट वातावरण मिलाउन सक्नुपर्ने उनकाे भनाइ छ ।

उनले भने, ‘आर्थिक समृद्धि हासिल गर्नको लागि नीजि क्षेत्रले सक्रियरूपमा काम गर्न सक्यो भने र त्यसको लागि सबै ठाँउबाट वातावरण मिलाउन सकियो भने मात्र सम्भव हुन्छ भन्ने नीजि क्षेत्रको धारणा छ ।’

यस्तै उनले नेपालमा केही सम्भावना छैन् भन्ने नकारात्मक भाष्य चिर्नको लागि नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनीमार्फत व्यवसायीहरूलाई इक्यिूटी दिने काम सुरु गरेको बताए ।

उनले भने, ‘नकारात्मक रुपमा नेपालमा केही सम्भावना छैन्, भन्ने जुन भाष्य तयार गरिएको छ त्यस्तो होइन । नेपालमा साँच्चै सम्भावना छ, धेरै कामहरू गर्न सक्ने ठाँउहरू छन् भन्ने हिसाबमा महासंघको पहलमा महासंघ अन्तर्गतका व्यवसायीलगायत अन्य सबै व्यवसायीहरूलाई इक्यिूटी चाहिएको छ भने त्यो कम्पनीमार्फत इक्यिूटी दिने हिसाबले नेपाल डेभ्लब्मेन्ट पब्लिक लिमिटेड कम्पनी भनेर अगाडि बढाएका छौँ ।’

देशमा उद्योग व्यवसायको लागि राम्रो वातावरण बन्ने हो भने मात्र राज्यले गरेको अपेक्षा पूरा हुनसक्ने उनको भनाइ छ । उनले भने, ‘महासंघको तर्फबाट सहकार्य गरेर अगाडि बढ्ने विश्वास पनि दिलाउन चाहन्छु । देशमा उद्योग व्यवसायहरू भयो भने उद्योग व्यवसायको वातावरण बन्यो भने र आर्थिक गतिविधि बढ्यो भने ट्रेड युनियन, मजदुर साथीहरू, व्यवसायी र राज्यले गरेको अपेक्षा पूरा हुनसक्छ भन्ने हामी सबै बुझाई छ । आर्थिक गतिविधि बढाउने, रोजगारी सिर्जना गर्ने काम भयो भने देशमा आर्थिक समृद्धि आउनसक्छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)