काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज १ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा कायम भएको महासघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार पनि चाँदीको सोही मूल्य कायम थियो ।
