शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल टेलिकममार्फत भारतमा फोन गर्दा लाग्ने शुल्क घट्यो


  • माउन्टेन खबर
  • बुधबार, पुस १७, २०८१
  • 257
    SHARES

काठमाडौं –  सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भारतमा फोन गर्दा लाग्ने शुल्क घटाएको छ। कम्पनीले भारतमा सस्तो दरमा कल गर्नका लागि एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरेको हो।

जसअनुसार, टेलिकमको नेटवर्क प्रयोग गरेर आजदेखि भारतमा फोन गर्दा प्रतिमिनेट करबाहेक ३ रुपैयाँ ७६ पैसा लाग्ने टेलिकमले जनाएको छ।

टेलिकमले मंगलबारदेखि एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको जानकारी दिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत भई मिति पुस १५ गते राती १२ बजेदेखि लागु हुनेगरी एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु. ३ रुपैयाँ ७६ पैसा कायम गरिएको प्रवक्ता हरि ढकालले जानकारी दिनुभयो।

यसैगरी एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर (Retails Pulse Duration) ६० सेकेण्ड निर्धारण गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)