मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभा बैठकलाई बिशेष सम्वोधन गर्नुहुने


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन ५, २०८१
  • 221
    SHARES

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्दै हुनुहुन्छ । आज बस्ने बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नुहुने लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिनुभएको हो ।

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरी कार्यसूची प्रकाशन गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरको निमन्त्रणमा प्रधानमन्त्री ओलीले आज लुम्बिनी प्रदेश सभामा सम्वोधन गर्न लाग्नुभएको हो ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको हो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नु भएको थियो ।

प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गरेपछि घोराहीमा आयोजना हुने सभामा प्रधानमन्त्री ओली सहभागी हुनुहुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)